काठमाडौं – मंसिर ९ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका थिए ।
शालिक अनावरणमा शिलालेख पनि राखिएको थियो । बिर्तामोड–१ स्थित इकम कलेजको प्रांगणमा राखिएको ‘श्री ५’ लेखिएको शिलालेख स्थानीय प्रशासनले हटाएको हो ।
संविधानविपरीत पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ उल्लेख गरिएकाले कलेजमाथि कारवाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।
शिलालेखमा लेखिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्रांगणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ । सर्वत्र विरोध भएपछि स्थानीय प्रशासनले ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको हो ।