आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मैदानमा पूर्वराजा

शनिबार, मंसिर ९ २०८०

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले आज सम्बोधन गर्ने भएको छ । शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सम्बोधन गर्न लागेका हुन् ।

बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण शनिबार पूर्वराजा शाहले गर्ने कार्यक्रम छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको यस कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै छन्।

पूर्वराजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ। शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सहभागी हुनेछन्।

पूर्वराजा शाहसहितको र्‍यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम छ।

स्थानीय आयोजकका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्ने समेत कार्यक्रम छ । कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजकले दाबी गरेका छन्।