काठमाडौं । काठमाडौंको बल्खु चोकमा तीनकुने आउँदै गरेका युवा संघको बाइक र्यालीमाथि बल्खुमा दुर्गा प्रसाईँ समर्थकले ढुंगाप्रहार प्रहार र तोडफोड गरेका छन् ।
कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगाप्रहार भएपछि त्यहाँ झडप समेत भएको छ ।
केहीबेर झडप भएपनि अहिले प्रहरीको सकृयतामा स्थितिमा नियन्त्रणमा आएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।
अहिले युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा छाएका छन् ।
सहभागीहरुलेभ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।
सडकमा सवारी निकै कम चलेका छन् ।