काठमाडौं । बै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने गरेकोमा यस साता बस्न नसकेकाले प्रधानमन्त्री प्रचण्डले आजलाई बैठक डाकेका छन् ।
एमाले भात्तृ संगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईले आज राजधानी केन्द्रीत प्रदर्शन गरिरहेका बेला मन्त्रिपरिषदको बैठक बसेको हो ।
प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका चोकचोकमा बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् ।
समसामयिक विषय साथै मन्त्रालयगत प्रस्ताव बैठकको एजेण्डा छ ।