आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सर्वोच्चले सरकारसँग सोध्यो टिकटक बन्द गर्नुपर्ने कारण

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएको थियो । सर्वोच्चले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेको थियो । सबै रिट खारेज गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।