आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दुर्गा प्रसाईं समूहलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ ।

प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको हो ।

प्रसाईं समूहले यही मंसिर ७ गते काठमाडौं केन्द्रित प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकिदिएको छ ।
यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।

युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न सुझाएको थियो ।