काठमाडौं । तेल ट्यांकरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार साँझ ६ बजे मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थली चोकमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।
उनका अनुसार जडिबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ४७७४ नम्बरको ट्यांकरले बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ ठूलो सिरूवासी घर भई सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरी गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा उनको बेलुकी ७ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।