आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भूकम्प पीडितलाई टहरा बनाउँदै काँग्रेस महामन्त्री गगन र विश्वप्रकाश

शनिबार, कार्तिक २५ २०८०

भूकम्प प्रभावित पीडितका अस्थायी टहरा निर्माण गर्न थालिएको छ । नलगाड नगरपालिका १ चिउरीमा अस्थायी टहरा निर्माण गर्नु भएको हो ।

भूकम्पबाट प्रभावित पीडितको अवस्था बुझ्न जाजरकोट आउनु भएका काँग्रेस महामन्त्री थापाले नलगाड नगरपालिका १ को दलित बस्ती चिउरीका सर्व साधारणको अवस्था बुझ्न पुग्नु भएको छ । सित र जाडो मौसम राहतबाट पाएको त्रिपाल भन्दा अस्थायी टहराले जाडो छल्ने भएपछि नलगाड नगरपालिका १ दलित बस्ती चिउरीमा अस्थायी टहरा निर्माण गर्नु भएको छ ।

इन्जिनियरको टोली सहित चिउरी पुग्नु भएका काँग्रेस महामन्त्री थापा अस्थायी टहरा बनाउन व्यस्त हुनु भयो । पार्टीले गठन गरेको उद्धार राहत तथा पुन स्थापनाका लागी अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति अन्तर्गत अस्थायी टहरा बनाउन चिउरी पुग्नु भएको छ ।

भेरी नगरपालिका ३ माथिल्लो थाप्लेमा अस्थायी टहरा निर्माण गर्नु भएको छ । भूकम्प पीडितलाई तत्काल त्रिपाल चाहिने भए पनि पुन निर्माणको काम नहुँदासम्म अस्थायी टहरा आवश्यक पर्ने बताउनु भयो । अस्थायी टहरा बनाउन भूकम्प प्रभावित क्षेत्र आएको बताउनु भयो ।

प्रदेश तथा संङ्घिय सरकारले ३५ हजार परिवारका लागी सहयोग नचाहिने बनाउनु भयो । सर्वोच्चको अन्तरिम आदेशले रोकिएको निर्वाचन क्षेत्रको १० अर्ब रुपियाँ निर्णय गरी तुरुन्त लगाउन सकिने बताउँदै सो कुरा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा कुरा राखेको बताउनु भयो । संङ्घिय सरकारले प्रदेश सरकारलाई बजेट दिई स्थानीय तहले कार्यान्वयनकाे जिम्मा दिए छिटै पीडितले न्यानोमा वस्न पाउने बताउनु भयो । भूकम्प प्रभावितको उद्धार पुन स्थापनामा सरकार गम्भीर भएर लागेको बताउनु भयो । गोरखापत्र दैनिकबाट