काठमाडौं । टी-२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा ओमानले पुरा ओभर खेल्दै नेपाललाई १४६ रनको लक्ष्या दिएको हो ।
नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । लामिछानेले एकै ओभरमा दुई विकेट लिँदा अविनाश बोहोराले एक विकेट लिए ।
केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।