बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यस्तो छ आज राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, असार २९ २०८०

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४६ रूपैयाँ ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा खरिदबिक्री हुनेछ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको  थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ २५ पैसा र बिक्री दर १७२ रूपैयाँ ०३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.२८ रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०० रुपैयाँ ८ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ ३३ पैसा र बिक्रीदर  १० रूपैयाँ ३८ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९२रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६८ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।