शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि छलफल हुने

बुधबार, असार २० २०८०

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो २ बजेर ३१ मिनेटमा बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक– २०८० माथि मन्त्रालयगत विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।