काठमाडौं – डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकका लागि ‘ब्लकचेन नलेज सेयरिङ सेसन’ आयोजना गरेको छ । गत शुक्रबार आयोजित कार्यक्रममा डिस्ट्रिब्युसन लेजर टेक्नोलोजी (डीएलटी), यसको प्रयोग र यसले वर्तमान प्रणालीमा देखिने समस्याहरुलाई हटाई ट्रेड फाइनान्समा पुर्याउने सहयोगका विषयमा छलफल भएको थियो ।
डीएलटीले विश्व व्यापारलाई उच्च संगठित सञ्जालमा रुपान्तरण गर्दै दक्षता सुधार गर्न र ट्रेड फाइनान्सिङमा लागत घटाउन सहयोग पुर्याउँदै आएको कार्यक्रममा जानकारी दिइएको थियो । यो कार्यक्रम अत्यन्त फलदायी साबित हुने बैंकले विश्वास लिएको छ । यस किसिमको कार्यक्रमले नेपालका लागि डीएलटीको सम्भावित लाभ विचार गर्न मद्दत गर्ने र यसले देशको व्यापार प्रवाह सुधार गर्न योगदान पुर्याउन सक्ने बैंकले जनाएको छ । कन्टुर लिडिङ ट्रेड बैंकहरु र उद्योग साझेदारहरुद्वारा विश्व व्यापारमा लामो समयदेखि देखिएका समस्याहरु समाधान गर्न गठित संस्था हो । यसले विश्वका बैंकहरु, कर्पोरेटहरु र लजिस्टिक्स पार्टनर्सलाई रियल टाइममा कमन डिजिटल र ट्रस्टेड नेटवर्कमा सँगै ल्याउन डिसेन्ट्रलाइज्ड टेक्नोलोजीको प्रयोग गरी लेटर्स अफ क्रेडिटजस्ता ट्रेड फाइनान्स प्रडक्ट्स ट्रान्सफर्म गर्दछ ।
कार्यक्रममा कन्टुरका चिफ प्रडक्ट अफिसर व्यकजगब प्चयभपभचले डीएलटीमाथि आफ्नो धारणा राख्नुका साथै कन्टुरको मल्टी–बैंक प्लेटफर्मले डीएलटीलाई आयात तथा निर्यात एलसी लेनदेनका लागि ग्राहकले उठाउन सक्ने लाभका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्ट्यान्डर्ड चार्टर्ड बैंक ट्रेड फाइनान्ससहित ब्लकचेनका विभिन्न प्रयोगहरु कार्यान्वयन गर्ने विश्वको अग्रणी बैंकमध्ये एक रहेको बताए। ‘नेपालमा पनि यस पहलको नेतृत्व गर्न पाउँदा हामीलाई खुसी लागेको छ’, उनले भने । राष्ट्र बैंकको फरेन एक्सचेन्ज म्यानेजमेन्ट विभागका निर्देशक गोविन्दप्रसाद नागिलाले यस किसिमको कार्यक्रम आयोजना गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र कन्टुरको प्रशंसा गरे उनले कार्यक्रममा उपस्थित राष्ट्र बैंकका सहभागीहरुलाई पनि धन्यवाद दिए ।