काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले संझौता अनुसारको काम नगर्ने २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । कालो सूचीमा राख्न सिफारिस गरेको कार्यालयको अनुरोध अनुसार एक वर्षदेखि तीन वर्षसम्म कुनै काम कारवाही गर्न नपाउने गरी निर्माण व्यवसायी र आपूर्तिकतालाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।
को को छन् त कालो सूचीमा ?
कालो सूचीमा सबैभन्दा लामो समय तीन वर्षका लागि कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन रहेको छ । यो फमलाई कालो सूचीमा राख्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ग्रामिण उद्यम तथा विप्रेशण आयोजना इटहरीले सिफारिस गरेको कार्यालयले बताएको छ ।
पप्पु, कोशी एण्ड न्यौपाने जेभी काठमाडौंलाई कालो सूचीमा राख्नका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराले लेखिपठाएको हो । यो फमलाई दुई वर्षका लागि कालो सूचीमा राखिएको बताइएको छ । वाइ.पी कन्स्ट्रक्सन प्रालि पुल्चोकलाई एक वर्षका लागि कालो सूचीमा राख्न सडक विभाग पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले लेखिपठाएको कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी, सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभी काठमाडौंलाई कालो सूचीमा राख्नका लागि यातायात पूर्वाधार निर्देशनालय मकवानपुरले लेखिपठाएको हो । यो फर्म एक वर्ष तीन महिनाका लागि कालो सूचीमा परेको छ । यही फमले लिएको अर्को ठेक्कामा काम पुरा नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौंले पनि एक वर्ष तीन महिना कालो सूचीमा राख्नका लागि लेखि पठाएको कार्यालयले जानकारी दिएको छ ।
आकृति एडभर्टाइजिङ विराटनगरलाई एक वर्षका लागि कालो सूचीमा राख्न गैँडाकोट नगरपालिका नवलपरासीले लेखिपठाएको हो । थाक ठिमी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालि चितवनलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । यो फर्मलाई कालो सूचीमा राख्नका लागि गैँडाकोट नगरपालिका नवलपरासीले लेखिपठाएको बताइएको छ । एशियन हाइटेक कन्स्ट्रक्सन प्रालि मोरङलाई दुहवी नगरपालिकाले एक वर्षका लागि कालो सूचीमा राख्न लेखिपठाएको कार्यालयले जानकारी दिएको छ ।
चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स बारालाई जीतपुर सिमरा उपमहानगरपालिका बाराले एक वर्षका लागि कालो सूचीमा राख्न भनेको छ । फैसल एण्ड अफजल कन्स्ट्रक्सन रौतहटलाई सडक डिभिजन कार्यालय रौतहटले एक वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको छ । गौतम ऋषि कन्स्ट्रक्सन रौतहटलाई सडक डिभिजन रौतहटले एक वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको कार्यालयले जनाएको छ । गिताञ्जली÷सिंह ÷ खुसी जनकपुरलाई सडक डिभिजन कार्यालय रौतहटले एक वर्षका लागि कालो सूचीमा राखेको छ । कमोद कन्स्ट्रक्सन रौतहटलाई समयमा काम सम्पन्न गर्न नसकेको भन्दै सडक डिभिजन कार्यालय रौतहटले एक वर्षका लागि कालो सूचीमा राखेको हो । रुवी कन्स्ट्रक्सन सर्लाहीलाई एक वर्षका लागि कालो सूचीमा राख्न सडक डिभिजन कार्यालय रौतहटले सिफारिस गरेको कार्यालयले जानकारी दिएको छ ।
एच. डी इन्टरनेशनल मोरङलाई एक वर्ष कालो सूचीमा राख्नका लागि झापा गाउँपालिका झापाले सिफारिस गरेको छ । हिरालाल कन्स्ट्रक्सन वीरगञ्ज, पर्सालाई कारागार व्यवस्थापन विभाग पर्साले एक वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको हो । जय माँ वैष्णो देवी कन्स्ट्रसन नवलपरासीलाई शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले कालो सूचीमा राख्नका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।
शिशिर कन्स्ट्रक्सन भक्तपुरलाई एक वर्षका लागि कालो सूचीमा राख्नका लागि चम्पादेवी गाउँपालिका ओखलढुंगाले सिफारिस गरेको हो । सुप्रभात–शुभ आशिष जेभी बाँकेलाई सडक पूर्वाधार विकास कार्यालय बाँकेले एक वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको हो । सर्जिकेम डिष्ट्रिव्यूटर्स धरान, सुनसरीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीले एक वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको कार्यालयले जनाएको छ ।
टोनिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स मोरङलाई कालो सूचीमा राख्नका लागि कटहरी गाउँपालिकाले सिफारिस गरेको हो । त्रिजोन कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रालि कालिञ्चोक गाउँपालिका मोरङले एक वर्षका लागि कालो सूचीमा राखेको हो । युमन निर्माण सेवा प्रालि नवलपरासीलाई एक वर्षका लागि कालो सूचीमा राख्न सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीले सिफारिस गरेको कार्यालयले जानकारी दिएको छ । साँघु साप्ताहिकबाट