बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्सको प्रमुख कार्यकारीमा श्रेष्ठ

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौँ – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ । निजको नियुक्तिको लागि कम्पनीको संचालक समितिको यही बैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट यही जेठ पाँच गतेको पत्र मार्फत स्वीकृति प्राप्त भएको थियो ।

सो पश्चात कम्पनीको यही जेठ नौं गते मंगलबार बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।