बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सशस्त्र प्रहरी: नवलपरासीबाट दुई वटा ट्रक नियन्त्रण

शुक्रबार, बैशाख २९ २०८०

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चोरमारा र सुरक्षा बेस दलदले पूर्वि नवलपरासीले नक्कली बिल बनाई अवैध रुपमा ल्याउँदै गरेको लत्ताकपडा, कस्मेटिक सामान र युरिया मलसहितका दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

बिहीबार पश्चिमबाट पूर्वतर्फ नक्कली बिल बनाई लैजाँदै गरेको लत्ताकपडा र कस्मेटिक सामानसहितकोे ना ६ ख ४६५९ नम्बरको ट्रक सुरक्षा बेस चोरमाराले नियन्त्रणमा लिएको हो ।

यसैगरी पश्चिमबाट पूर्वतर्फ अवैध रुपले लैजाँदै गरेको युरिया मलसहितको ना २ ख २५२६ नम्बरको ट्रक सुरक्षा बेस दलदले पूर्वि नवलपरासीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका दुई वटै ट्रकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

यो सँगै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले देशभरिबाट करीब एक महिनाको वीचमा मल, चामल, लत्ताकपडा, किराना तथा कस्मेटिक सामानसहितका ३५ वटा भन्दा बढि ट्रक र पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लगायत सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बलका डिएसपी एवम् सह प्रबक्ता शैलेन्द्र थापाले बताए ।