काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
केही समयअघि सुनको मूल्यले १ लाख १० हजारसम्म पुगेर रेर्कड राखेको थियो । यो रेर्कडलाई समेत तोडेर आज नयाँ रेर्कड बनाएको हो । अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।