आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सन्दिप लामिछाने बिरुद्ध मुद्धाको अन्तिम सुनवाइ हुँदै

बुधबार, चैत्र २२ २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुदैँछ ।

जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने विरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो ।

गत ५ भदौमा राति सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका अनुसार पत्राउ परेका लामिछाने रिहा भए पछि पछिल्लो समयमा  भने किशोरीको जाहेरी  बिबादास्पद हुदैँ गएको छ । मुख्यतः  उनी नाबालिग हो कि होइन भन्ने बिषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।

यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट टुंग्याउन आदेश दिए पछि जिल्ला अदालतले आज पेशी तोकेको हो ।