बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारको नेतृत्वमा सत्तागठबन्धन भित्र रस्साकस्सी

सोमबार, पुष ४ २०७९

काठमाडौं । पाँचदलीय सत्तागठबन्धन सरकार निर्माणका लागि सामान्य बहुमतको खोजी हुनु भन्दा पहिला भावी सरकारको नेतृत्व कस्ले गर्ने भन्ने रस्साकस्सीमै अलमलिएको छ  ।

राष्ट्रपनि विद्यादेवी भण्डारीले लिएको सात दिनको समयसीमाको काउटडाउन सुरु हुँदो  सरकारमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश भने पाएको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो कार्यकाल आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । तर, देउवाले यसै साता आफ्नो पार्टीको संसदीय दलको नेता चयन हुने र त्यसपछि मात्रै सरकारको नेतृत्वबारे छलफल गर्ने जवाफ दिएपनि कांग्रेसले आफै आँफै नेतृत्व गने निर्णय गरेको छ ।

गठबन्धनको तर्फबाट नयाँ सरकारको नेतृत्वको लागि अर्को घटक माओवादी केन्द्रले दाबी गरिरहँदा नेपाली कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरूसँग संवाद थाल्ने निर्णय गरेको हो ।

संविधानको व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएकाले गठबन्धन र अन्य दलहरूसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने कांग्रेसको निष्कर्ष छ ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दललगायत अन्य दलसँग समेत संवाद, वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिँदै भने, ‘संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुन्छ । त्यस अर्थमा नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरू लगायत अन्य दलसँगसमेत संवाद, वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ ।’

यता प्रचण्डले पहिलो कार्यकाल आफूले नेतृत्व गर्ने प्रस्ताव गर्दै कांग्रेसबाहेकका ६० सांसदको समर्थन आफूले जुटाएको दाबी गर्दै आएका छन् ।

उनले देउवासँग विगतमा प्रत्यक्षमा २३ सिट जित्दा पनि कांग्रेसबाट प्रधानमन्त्री भएको दाबीसहित प्रचण्डले संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनको संस्कारअनुसार अहिले माओवादीलाई नेतृत्व दिन सुझाएका थिए ।

 निर्वाचन परिणामपछि आफ्नो नेतृत्वमा सरकार बनाउन प्रचण्ड विभिन्न पक्षसँग निरन्तर छलफलमा छन्  भने देउवा माओवादी बिनैपनि सरकार बनाउने कसरतमा छन् ।