बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा भिषण पहिरो, सबै सुचक रातै

आइतबार, पुष ३ २०७९

नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २७ दशमलव ५४ अंकले घटेर १८ सय ५५ दशमलव शुन्य छ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव २२ अंकले घटेर तीन सय ६२ दशमलव ८२ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ५० वटा कम्पनीहरुको २६ हजार छ सय ६१ पटकको कारोबारमा ३७ लाख ७८ हजार नौं सय ५१ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैंयाँ पुगेको छ । 

आज १३ वटा समुहहरुको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक १९ दशमलव ५८ अंकले घटेर १२ सय ६५ दशमलव ८० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ५३ अंकले घटेर १९ सय ५० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ३६ अंकले घटेर नौं हजार २४ दशमलव ३९ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ६७ दशमलव आठ अंकले घटेर सात हजार तीन सय ९६ दशमलव चार अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इष्र्टन हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत परियोजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा कृषि बिकास बैंक परेको छ ।