आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महासंघको निर्वाचनमा सुमार्गीलाई केन्द्रिय उपाध्यक्ष र कटुवाललाई सदस्यमा अघि सार्दै मकवानपुर उद्योग वाणिज्य संघ

आइतबार, पुष ३ २०७९

काठमाडौं ।  मकवानपुर उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

शनिबार हेटौंडामा भएको सभाले महासंघको आगामी केन्द्रिय अधिवेशनमा जिल्लाबाट केन्द्रिय उपाध्यक्षको लागि अरुणराज सुमार्गी र केन्द्रिय सदस्यको लागि कृष्ण कटुवालद्धयलाई अघि सार्ने निर्णय पारित गरेको छ ।

महासंघमा केन्द्रीय सदस्य भएर राम्रो छवि बनाएका सुमार्गी एएफएनसीसीआईको युवा पुस्तामा निकै लोकप्रिय मानिन्छन् । कोरोना लगायतका समस्याले कमजोर बनेको देशको अर्थतन्त्रलाई गतिशिल बनाउन विशेष पहल गर्नुपर्ने बताउने उनी ‘महासंघको शुद्धिकरण’ आवश्यक ठान्छन्। सुमार्गी राज्यले ठूला व्यापारी मात्र नभएर साना तथा मझौला लगानी कर्तालाई पनि हेरेर योजना ल्याउनु पर्ने बताउँछन् ।

शिक्षा, दुरसञ्चार, हाइड्रोपावर, सिमेन्ट, खानी, कृषि, बैंकिङ र होटललगायत क्षेत्रमा लगानी गर्दै आएको मुक्तिश्री गुरुप अफ कम्पनिजका सञ्चालक सुमार्गी महासंघका केन्द्रीय सदस्य हुन् । मुक्तिश्री ग्रुप अफ कम्पनिज देशकै प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक हो ।

एफएनसीसीआईको उपाध्यक्षका लागि सुमार्गी गत निर्वाचनमा समेत आकांक्षी थिए । अन्तिममा उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए ।

शनिबार भएको द्योग वाणिज्य संघको कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको सभामा उद्योगी व्यवसायीले हाल मुलुकमा देखिएको आर्थिक समस्याबारे धारणा राखेका थिए । कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय दिनेश श्रेष्ठ र रामचन्द्र संघई, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, महासंघ बागमतीती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नरेन्द्र खड्का,पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल लगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव भीमसेन महत, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, नुवाकोट उवासंघका अध्यक्ष ताराबहादुर कार्की, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिति थियो ।