बटेश्वर गाउँपालिका–५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता देवी यादवको धारिलो हतियार प्रहारबाट सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले हाल फरार घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।