बुढीगङ्गा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेजमा राज मिस्त्रीको काम गर्ने कटहरी गाउँपालिका–५ बस्ने १९ वर्षीय सुमन सरदारको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । काम सकेपश्चात हात खुट्टा धुने क्रममा मोटर जोडेको तारबाट करेन्ट लागी अशक्त भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।