काठमाडौं । कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार आफ्नोे ११औ स्थापना दिवसको सन्दर्भ पारेर यस संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बिहान १०:३० बजेदेखि दिउँसो १ः३० बजेसम्म भएको उक्त रक्तदान कार्यक्रममा १६ जना महिला र ४० जना पुरुष गरि ५६ जनाले रक्तदान गरेका थिए।
रक्तदान जस्तो पवित्र कार्यमा सहभागी रक्तदातालाई संस्थाले विशेष धन्यवादसहित प्रमाणपत्र समेत प्रदान गरेको थियो ।
कास्कूनले संयोजन गरेको उक्त रक्तदान कार्यक्रमको सहयोगी संस्था भने ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) पूर्वी भेगिय क्षेत्रिय समिति कोटेश्वर रहेको थियो ।
कोटेश्वर महादेवस्थान मार्ग चोकमा अवस्थित यस सहकारी संस्थाले यसअघि पनि विभिन्न किसिमका सामाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।