बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज अधिकांश स्थानमा वर्षाको सम्भावना, केही भागमा भारी वर्षा 

बिहिबार, असोज ६ २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ भने राति सुदूरपश्चिम र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आाकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुने महाशाखाले जनाएको छ ।