बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुँदै

बुधबार, कार्तिक १८ २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन् ।

काठमाडौं जिल्ला अदालतबाट कैदमुक्त गर्न पत्र प्राप्त भएपछि डिल्लीबजार कारागारले उहाँलाई रिहा गर्ने तयारी गरेको हो ।

डिल्लीबजार कारागारका जेलर विक्रम पाण्डेका अनुसार रायमाझीले ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुटको माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । सोही निवेदनका आधारमा अदालतले सोमबार उहाँलाई रिहा गर्न कारागारमा पत्र पठाएको हो ।

जेलर पाण्डेले अदालतको पत्रअनुसार कात्तिक २६ गते उहाँलाई रिहा गरिने जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी २०८० वैशाख ३१ गते पक्राउ पर्नुभएको थियो । उहाँलाई न्यायाधीश तेजबहादुर खड्काको इजलासले २०८३ असार ३० गते चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुटको प्रक्रिया पूरा भएपछि उहाँ कारागारमुक्त हुन लाग्नुभएको हो ।