काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैन । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज प्रतियोगितामा विश्राम राखिएको हो ।
प्रतियोगिताअन्तर्गत भोलि भने दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
हालसम्म तीन खेल खेलेको लुम्बिनी लायन्स दुई खेलमा जित र एक खेलमा अंक बाँड्दै पाँच अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । यता पोखरा एभेन्जर्सले भने लगातार तीन खेलमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेको छ ।