काठमाडौं । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल मंगलबार पनि अनिर्णित बनेको छ ।
मंगलबार बेलुकी कुनै निष्कर्ष बिनानै सकिएको बैठक आज टुङ्ग्याउने गरी छलफल हुने भएको हो ।
उनीहरुले मंगलबार बिहान र बेलुका छलफल गरेका थिए । प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । आज बिहानैबाट पुनस् छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए ।