बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

झापामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुधबार, असोज ५ २०७९

काठमाडौँ : तीब्र गतिमा गुडेको कार सडक किनारको बरको रुखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । छ जना सवार कारमा रुखमा ठोक्किँदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।

झापाको शिवसताक्षीमा भएको उक्त दुर्घटनामा चार जना सख्त घाइते भएका छन् । मृत्यु भएकामा कार चालक र एक जना महिला हुन् । चालक सप्तरी लेगडा– ५ निवासी ४४ वर्षीय बलराम यादव हुन् । महिला इटहरी– १० की ३० वर्षीया गीता चौधरी हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घाइते भएकामा मोरङ सुन्दरहरैचा नगरपालिका–६ निवासी ४० वर्षीया रीता चौधरी, इटहरी–८ निवासी २७ वर्षीय तेजन चौधरी, धरान–१५ निवासी ३६ वर्षीय विभिषण दास र अर्का ३३ वर्षीय राजेश चौधरी हुन् ।

उनीहरु सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । आज अपराह्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–९ को सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. १४ च ९१०८ नम्बरको रुखमा गएर ठोक्किएको बताइन्छ ।