बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

अमेरिकी प्रथम महिलालाई पुनः कोभिड संक्रमण

बिहिबार, भाद्र ९ २०७९

वासिंगटन । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि कोभिड पोजेटिभ भएको छ । जिललाई पुनः कोभिड भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्तिमा भनेका छन् । 

यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो । तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो ।
प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ । उनको नेगेटिभ परीक्षण नआउन्जेल उनी डेलावेरको फेम्ली बीचमा रहनेछिन् ।