बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, जुटला त सिट बाँडफाँटमा सहमति ?

बिहिबार, भाद्र ९ २०७९

काठमाडौँ – आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले जानकारी दिएका छन्।

कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् ।

कार्यदलको बैठक बालुवाटारमा पटक-पटक बस्दै आए पनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।