बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेनाका ७० जना जर्नेलहरूसँग राष्ट्रपतिको छलफल

बिहिबार, भाद्र ९ २०७९

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग समसामयिक विषयहरूमा छलफल गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनीहरूलाई २०७९ भदाै ८ गते बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनीहरुलाई धन्यवाद दिएकी छन् ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तिव्रता दिएकी छन् ।

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।