काठमाडौँ – ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं तिहारलाई लक्षित गरेर “अजम्बरी खुशी“ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले टेलिभिजनको खरिदमा ४० हजार चार सय रुपैंयाँ सम्मको छुट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरिदमा १४ हजार सात सय रुपैंयाँको छुटका साथै एक थान टि.भी स्टिक उपहार पनिपाउन सक्नेछन। त्यस्तै वाशिङ मेसिन खरिदमा १९ हजार तीन सय रुपैंयाँसम्मको छुटका साथै छ केजीको सर्भ एक्सेल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन ।
रेफ्रिजेरेटरको खरिदमा पनि ३५ हजार सात सय रुपैंयाँसम्मको छुट पाउन सक्नेछन । त्यसै गरी एअर कन्डिसनरको खरिदमा ३४ हजार चार सय रुपैंयाँसम्मको छुटको सातै चार हजार रुपैंयाँ बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन । साथै वाटर डिस्पेन्सरको खरिदमा चार हजार तीन सय रुपैंयाँसम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार सात सय रुपैंयाँ र साउन्ड बारको खरिदमा छ हजार रुपैंयाँसम्मको छुट पाउन सक्नेछन् । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ ।
नेपालभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेकाछन ।