काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।
सत्ता गठबन्धनमा सिट बाँडफाँट कार्यदलको संयोजकको भूमिकामा सक्रिय सिटौलालाई मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट चाँडै बाहिरिएका थिए ।
मंगलबार साँझ ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको उनीनिकट एक नेताले बताए । सिटौला अहिले घरमै आराम गरिरहेका छन् ।
चिकित्सकको सल्लाहअनुसार नेता सिटौलालाई बुधबार दिउँसो अस्पताल भर्ना गर्ने तयारी रहेको छ ।