काठमाडौं । काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचना भत्काएको छ ।
नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काएको हो ।
आज विहान मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।
यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।
यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।