काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।
नागरिकता विद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बीच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओली बीच भेटवार्ता भएको हो ।
दीर्घकालिन महत्वका निर्णयमा सरकार एकलोटी ढंगले अघि बढ्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाउँदै आएको थियो । यसै सेरोफेरोमा छलफल गर्नएमाले अध्यक्ष ओली बालुवाटार पुगेको स्रोतले बतायो ।
राष्ट्रिय सरोकारका विषयमा सरकारले प्रतिपक्षलाई वास्तै नगरेको भन्दै एमालेका नेताहरुले गुनासो गर्दै आएका थिए । केही दिन अघिमात्र एमाले अध्यक्ष ओलीले सत्यनिरुपण विद्येयकलगायतका बिषयमा ‘एकलौटी गरिए त्यस्ता विधेयक च्यातेर फान्लिन्छ’ समेत भनेका थिए ।