बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले थाल्यो निर्वाचन केन्द्रित अभियान : आज स्थायी कमिटी बैठक ९, १०, ११ र १२ भदौसम्म बैठक

मंगलबार, भाद्र ७ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

मंगलबार बिहान साढे ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा स्थायी कमिटी बैठक सुरु भएको हो ।

एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको छ। आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले १२ भदौसम्मको कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार स्थायी कमिटी बैठक, ९ भदौमा पोलिट्ब्युरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा १२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना गरिने रिजालले बताए । 

ती बैठकबाट निर्वाचनका ठोस योजनाहरू बनेर सिंगो पार्टी पंक्ति परिचालन हुनेछ ।

एमालेको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी ओलीले चुनावी रणनीतिबारे आफ्ना धारणा राख्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ ।
 कार्यालय सचिव डा अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने छ । 

यस्तै आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्ने छ ।

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो  ।