काभ्रे । बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएका छन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका(९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएको हो ।
खतरा लेखिएको प्रेसरकुकर बम राजमार्गमा देखे पछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।
बम राख्नेको खोजी भईरहेको काभ्रे प्रहरीले जनाएको छ ।