बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

उपत्यकामा बन्दको प्रभाव सामान्य, १७ जना बन्दकर्ता पक्राउ

मंगलबार, भाद्र ७ २०७९

काठमाडौं ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। 

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। बन्दकर्ताहरुले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयासगरेका थिए।

सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ। 

उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन् ।

यसैबीच देशका विभिन्न स्थानबाट बन्दकर्ता पक्राउ परेका छन् । 
दाङबाट चार जना बन्दकर्ता पक्राउ परेका छन् भने डोटीको दिपायलबाट बजार बन्द गराउँदै हिड्ने दुई पक्राउलाई प्रहरी पक्राउ गरेको छ ।

दाङमा बन्दकर्ताले टिपरमा आगजनी गरेका छन् ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ ।

रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो ।

प्रहरीका अनुसार चार–पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरि भागेको थिए भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार टिपर आगजनी गर्नेको खोजी भईरहेको छ ।