काठमाडौंं । प्रतिनिधिसभाको बैठक बिहान १० बजे बस्ने भएको छ।
सो बैठकमा ‘‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) प्रस्तुत हुनेछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयक बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
यसैगरी बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यसअघि नै सो विधेयक पेश गर्ने भन्दै प्रतिनिधिसभाले सम्भावित कार्यसुचीमा राखे पनि नेपाली कांग्रेसका सांसद प्रदिप गिरीको निधनका कारण स्थगित हुन पुगेको थियो ।