बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आईपीएल: दिल्लीमाथि बैंगलोरको जित

आइतबार, बैशाख ४ २०७९

काठमाडौँ l इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । शनिबार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो ।

बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।  

दिल्लीका लागि डेभिड वार्नरले ६६ रनको अर्धशतकीय इनिङ खेले । कप्तान ऋषव पन्तले ३४ रन जोड्दा पृथ्वी शले १६ तथा मिचेल मार्शले १४ रन बनाए ।  अक्षर पटेल र कुलदिप यादवले समान १०/१० रन जोडे ।

बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।

बैंगलोरका लागि दिनेश कार्तिकले ६६ रनको अर्धशतकीय इनिङ खेले । ग्लेन म्याक्सवेलले पनि ५५ रनको अर्धशतकीय इनिङ खेले । शाहबाज अहमेदले ३२ रन जोड्दा विराट कोहलीले १२ रन बनाए ।

दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले १/१ विकेट लिए ।

यस जितसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।