काठमाडौँ l सशस्त्र प्रहरी बलले विभिन्न रिक्त रहेका पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ ।
शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १,२२३ जनाको बिज्ञापन खुला गरेको छ ।शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १,२२३ जनाको बिज्ञापन खुला गरेको छ ।

जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ । त्यस्तैगरी सशस्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।