रुपन्देही, l १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका–७ वतन भएका ३० वर्षीय छविलाल चौहान मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।