काठमाडौं, भाद्र ७ । झापाको कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्माले आठ महिनाकी छोरी रुविनासहित आत्महत्या गरेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् । आत्महत्या गर्नुपर्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।