काठमाडौं, भाद्र ६ । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले, जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षे दानबहादुर रोकायलाई एयरपोर्ट चोकबाट पक्राउ गरेको हो ।
रोकायले, शिशु आफूले लिएको र अपरिचित मानिसलाई दिएकाले, अहिले आफूसँग नभएको बयान दिएको, सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभएको छ। जुम्ला हिमा–३ की १९ वर्षीया किशोरीले, यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन् ।
रोकायको अबैध सम्बन्धबाट बच्चा जन्मेको बताइएको छ । पिडित किशोरीले, रोकायले झुक्याएर शिशु अपहरण गरको दाबी गरेकी छन् ।