आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महालक्ष्मी बिकास बैंकको तेस्रो त्रैमासिक नाफा ४० करोड ३६ लाख 

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं ।  महालक्ष्मी बिकास बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ४० करोड ३६ लाख पाँच हजार ७७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३९ करोड ७३ लाख ६४ हजार सात सय ४० रुपैयाँ रहेको थियो । 
हाल चुक्ता पुंजी तीन अर्ब ३४ करोड २४ लाख दुुई हजार सात सय २५ रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ३६ अर्ब ३६ करोड ७७ लाख ५८ हजार नौ सय ६८ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १० करोड १९ लाख ३८ हजार आठ सय ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १६ करोड ७२ लाख ९९ हजार ८१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दसमलव ४४ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यसअवधिमा चार दसमलव ८० प्रतिसतको स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने २५ करोड ७६ लाख ६२ हजार एक सय ४३ रुपैयाँ रहेको छ । 
गत आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार २७ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार छ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १९ करोड ८९ लाख ४४ हजार दुई सय २९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव ७८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ३७ प्रतिसत रहेको थियो ।