आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले सहकार्य

बुधबार, चैत्र १८ २०७७

नगदमा आधारित कारोबार/भुक्तानीलाई नगद्रहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसंग सहकार्य गरेको छ ।  बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष श्री अमिर प्रताप राणाज्यूको सभापत्य लगायत उपाय सिटि कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष श्री सुमन रायमाझी ज्यूको र F1 Soft International का श्री बिश्वास ढकालज्यू र U.K. Aid  अन्तर्गतको SEEP “सीप” का नेपाल प्रमुख श्री बल्जित बोहराज्यूको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिको बीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो । 
उपाय सिटी कार्गोसंग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ । यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई  सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम Down payment  र EMI payment options लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।  
नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीति अनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।
हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापक रुपमा विस्तार भईरहेको छ । आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।