बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

शुक्रबार, फाल्गुन २८ २०७७

डडेलधुरा ।  १४ वर्षीया बलिकालाई जबरजस्ती करणी  गरेको अभियोगमा पर्शुराम नगरपालिका–५ वसकोईरा बस्ने २८ वर्षीय बल बहादुर पुनमगर समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
बल बहादुर समेत ५ जनाले ती बालिकालाई ५÷६ महिना अगाडिदेखि ललाई फकाई बिभिन्न प्रलोभन देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न हाल फरार रहेका सोही ठाउँ बस्ने २४ वर्षीय डम्फु सिजालीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।