बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कौडा खेलिरहेको अवस्थामा पक्राउ     

शुक्रबार, फाल्गुन २८ २०७७

चितवन ।  रत्ननगर नगरपालिका–१६ खैरेटी बस्ने ३८ वर्षीय राम बहादुरको बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा राम बहादुर सहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
उक्त खोरमा लुकिछिपी कौडा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।