बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मानव वेचविखनमा संलग्न दुई जना पक्राउ

बुधबार, फाल्गुन २६ २०७७

मोरङ ।  मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका–१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ रहेका छन् । 
होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै २ जना महिलालाई बिराटनगरमा बोलाई रोजगारी दिलाई दिने बाहनामा भारतमा लगि वेचबिखन गर्ने उदेश्यले बिराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा ल्याएको भन्ने जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।