बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ 

मंगलबार, फाल्गुन २५ २०७७

मोरङ ।  ठगी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१५ बस्ने २५ वर्षीय बिशाल कुमार रायलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत मोरङको २०७५ असार १० गतेको फैसलाले ठगी मुद्दामा १ लाख ५२ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएकोमा फरार रहेका बिशाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित ढाटबाट पक्राउ गरेको हो । 
बिशालले २०७४ असोज ४ गते पीडितलाई ५० लाख रुपैयाँ र बिएमडिडब्लु कार समेत पुरस्कार परेको भनि पटक पटक गरी ४ लाख ८ हजार रुपैयाँ पठाउनु भनी भाईबर मार्फत ठगी गरी फरार रहेका थिए । बिशाललाई जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।